☰ open Loading... 19 September 2024|  

सुन चाँदीको मूल्य घट्यो
पश्चिम नेपाल   | १५ आश्विन २०८०, सोमबार १३:०९

सोमबार पनि सुन र चाँदीको मूल्य घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार छापावल सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर एक लाख ७ हजार ९ सय रुपैयाँ कायम भएको छ ।
आइतबार एक लाख ८ हजार रुपैयाँ तोलामा छापावल सुनको कारोबार भएको थियो ।

आजका लागि तेजावी सुनको मूल्य एक लाख ७ हजार ४ सय रुपैयाँ तोकिएको छ । आइतबार एक लाख ७ हजार ५ सय रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।
यस्तै,चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर १३ स ४० रुपैयाँ कायम भएको छ । आइतबार १३ सय ६० रुपैयाँ तोलामा चाँदीको कारोबार भएको थियो ।