☰ open Loading... 26 November 2024|  

बझाङका सीडीओ भन्छन्–भूकम्पबाट भएको क्षतिबारे विवरण लिने क्रममा छौँ
पश्चिम नेपाल   | १६ आश्विन २०८०, मंगलवार १६:५१

बझाङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नारायण पाण्डेयले आफूहरु भूम्कपबाट भएको क्षतिबारे विवरण लिने क्रममा रहेको बताएका छन् । मंगलबार दिउँसो ३ बजेर ६ मिनेट बझाङको चैनपुर केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रमुख जिल्ला अधिकारी पाण्डेयले अहिलेसम्म मानवीय क्षति भएकोबारे औपचारिक जानकारी नरहेको बताए । ‘खोड्पे-चैनपुर सडकको जयपृथ्वी नगरपालिका वडा नम्बर ७ को कचरी खोलामा सुख्खा पहिरो आएर सडक अवरुद्ध भएको छ,’ उनले भने, ‘मानवीय संकटको अवस्था भएको जानकारी आएको छैन । हामी तैनाथ छौं । अहिलेसम्म परिचालन गर्नुपर्ने अवस्था आएको छैन ,’ उनले भने । उद्दारका लागि तीन वटै सुरक्षा निकाय तैनाथ रहेको पाण्डेयको भनाइ छ ।