☰ open Loading... 13 February 2025|  

बझाङ भूकम्पले ७ जना घाइते
पश्चिम नेपाल   | १६ आश्विन २०८०, मंगलवार १७:०७

सुदूरपश्चिम प्रदेशको बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण ७ जना घाइते भएका छन् । बझाङमा ५ जना अछाममा १ र बैतडीमा १ जना घाइते भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) प्रज्वलन महर्जनले जानकारी दिए।

भूकम्पका कारण सुदूरपश्चिमका जिल्लाहरूमा धक्का महसुस भएको छ। घाइतेहरूलाई बझाङ जिल्ला अस्पतालमा लगिएको छ।

अछाममा विद्यालयको भवनबाट हामफाल्दा एक विद्यार्थी घाइते भएका हुन्।

विद्यार्थीको स्थानीय गोडा स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।