☰ open Loading... 26 November 2024|  

जमुनाहा नाकामा नेपाली मजदुर अलपत्र
पश्चिम नेपाल   | १७ आश्विन २०८०, बुधबार १०:३९

कर्फ्यु लागेपछि नेपालगन्जको जमुनाहास्थित नेपाल–भारत नाकामा भारतबाट काम गरेर आउने नेपाली अलपत्र परेका छन्। नेपालगन्जमा तनाव उत्पन्न भएपछि स्थानीय प्रशासनले मंगलबार दिउँसो देखी अनिश्चित कालिन कर्फ्यु लगाएको थियो।

कर्फ्यु लागेका कारण उनीहरु सिम क्षेत्रमा अलपत्र परेका हुन्। ‘मजदुरीका लागि भारतमा गएका थियौं, दसै मनाउन नेपाल फर्किदा प्रहरीले सीमाबाट छिर्न दिएन, हामी घण्टौँसम्म सिमामै अलपत्र पर्यौं,’ एक मजदुरले भने। उनी जस्ता थुप्रै नेपाली मजदुरले सिम क्षेत्रमा रात बिताएका छन्।

इलाका प्रहरी कार्यालय जमुनाहा नेपालगन्जका इन्चार्ज एवम् प्रहरी वरिष्ठ नायव निरीक्षक मिनबहादुर विष्टले कर्फ्युका कारण सिम क्षेत्रमा रोकिएका नेपालीलाई गन्तव्यसम्म पुर्‍याउन सुरु गरिएको बताए। उनका अनुसार सीमा क्षेत्रमा रोकिएका नेपाली नागरिक झन्डै २ हजारको संख्यामा रहेका छन्।

नेपालगन्जका यातायात व्यवसायीसँग समन्वय गरेर सीमा क्षेत्रमा रोकिएका यात्रुलाई सुरक्षित गन्तव्यसम्म पुर्‍याउने काम गरिएको वरिष्ठ सई विष्टले बताए। ‘करिब ५ सय जति यात्रुलाई ९ वटा बसमा जमुनाहादेखी राँझा चोकसम्म पठायौँ ।