☰ open Loading... 23 February 2025|  

पत्रकारिता तालिम सुरु
पश्चिम नेपाल   | १७ आश्विन २०८०, बुधबार १६:२०

 

 

दैलेख –रेडियो ध्रुवतारा एफ एम दैलेखले आयोजना गरेको रेडियो उद्घोषण तथा आभारभूत पत्रकारिता तालिम सुरु भएको छ ।आइतबार सम्म सञ्चालन हुने तालिमको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद कोइरालाले सिकाइ जिवनभर रहने प्रक्रिया रहेको भन्दै पत्रकारितामा सिक्ने धेरै अवसर हुने बताए । पछिल्लो समयमा पत्रकारिताको महत्व बढेको उनले जानकारी दिए ।

 

No description available.

ध्रुवतारा एफ एम दैलेखका स्टेसन प्रमुख बिष्णु शर्माले आगामी दिनमा पनि यस्ता तालिम सञ्चालन गर्दै जाने बताए ।समाज परिवर्तनको पहिलो अंग पत्रकारिता रहेको उनले बताए।

यस्तै यसरी पत्रकारिता तालिम दिएर पत्रकार उत्पादन गर्ने कार्य उदाहरणिय भएको रेडियो ध्रूर्बतारा एफ एमका अध्यक्ष नन्दबिशोर बस्नेत जानकारि दिए ।क्षमता विकास गराई सुशासन कायम गर्नका लागि सक्षम बनाउनु तालिमको उद्देश्य रहेको उनले बताए ।

कार्यक्रममा उद्योग बाणिज्य संघ दैलेखका महासचिव प्रकाश पौड्याल ,नेपाल पत्रकार महांसघका केन्द्रिय सदस्य नविन रिजाल  लगायतले  बोलेका थिए  ।