☰ open Loading... 23 February 2025|  

पोखरा, काठमाडौंदेखि विदेशसम्म पुग्छ दमेकका किसानले बनाएको बाँकोको गुन्द्रुक
पश्चिम नेपाल   | १८ आश्विन २०८०, बिहीबार ०५:०१

एक पटक बाँकोको स्वाद लिएका जो–कोहीलाई लोभ्याउने गरी यहाँका किसानले जंगलमा संकलन गरेको बाँकोको गुन्द्रुक ‘लेबलिङ’ र ‘प्याकेजिङ’ गरेर बजारमा ल्याएका छन् ।

छुँदै चिलाउने वनस्पतिलाई सहरका भान्सामा पुर्‍याउने अभियान यहाँका किसानले थालेका हुन्।

समूहमा आबद्ध किसानले जंगलमा पाइने पिँडालु प्रजातिको बाँकोलाई गुन्द्रुक बनाएर बजारीकरण गर्न थालेको तीन वर्ष भयो।

बाँकोले गाउँ-सहर जोडेको छ भने दुःख किसानको आम्दानीको स्रोत बनेको छ।

पहिलो वर्ष गाउँघरका लागि मात्रै गुन्द्रुक उत्पादन गरेकामा गत वर्ष जैमिनी नगरपालिकाले ‘लेबलिङ’ र ‘प्याकेजिङ’को तालिम दिएपछि किसानले यस वर्षदेखि आफैंले लगानीबाट लेबलिङ र प्याकेजिङ गरेर बाँको बजारमा ल्याएका छन्।

किसानको उत्पादन व्यवसायिक रुपमा बजारमा जाँदा त्यसको मूल्य लगायत धेरै कुरामा सहज हुन्छ, अघिल्लो वर्ष नगरले सहयोग गरेपछि अहिले किसानले आफ्नै लगानीमा बजार ल्याएका छन्,’ कृषि प्राविधिक रवीन्द्र शर्माले भने, ‘बाँकोबाट राम्रो आम्दानी हुन्छ।’

यहाँ उत्पादित बाँको स्थानीय बजारका साथै पोखरा, काठमाडौँलगायत सहरमा माग हुन थालेको उनले बताए।