☰ open Loading... 23 February 2025|  

मिटर ब्याजपीडितले गरे प्रदर्शन
पश्चिम नेपाल   | १८ आश्विन २०८०, बिहीबार २०:१५

रौतहट सदरमुकाम गौरमा मिटर ब्याज पीडितहरूले बिहीबार प्रदर्शन गरेका छन्। मिटर ब्याजी पीडित सङ्घर्ष समितिको अगुवाइमा जिल्लाका पीडितहरूले विभिन्न नारा लगाउँदै गौर बजार परिक्रमा गरेका हुन्।

मिटर ब्याजको पीडाबाट आफूहरुलाई न्याय चाहिएको भन्दै पीडितहरूले छिटो न्यायको माग गरेका छन्। मिटर ब्याज पीडितहरूले न्यायको लागि विभिन्न ठाउँमा धाइरहेको भए पनि न्यायमा ढिलाइ हुँदा आफूहरूमाथि झन् अन्याय भइरहेको बताएका छन्।

मिटर ब्याज पीडितहरूले केही रौतहट जिल्ला अदालत अगाडि धर्ना पनि बसेका थिए। अदालत अगाडि धर्ना बस्दै पीडितहरूले न्यायको माग गरेका छन्।

जिल्लाका सयौँ महिला तथा पुरुष मिटर ब्याज पीडितहरु धर्ना तथा प्रदर्शनमा सहभागी भएका थिए। प्रदर्शनमा भएको सहभागिता हेरी जिल्लामा अझै पनि मिटर ब्याज पीडितको संख्या निकै भएको अनुमान गरिएको छ।