☰ open Loading... 23 December 2024|  

उत्कष्ट शिक्षकलाई सम्मान
पश्चिम नेपाल   | १९ आश्विन २०८०, शुक्रबार ०५:३५

 

जिल्ला समन्वय समितिका प्रमुख नमराज शाहीले देशको आर्थिक मन्दीको असर शिक्षामा समेत परेको बताए ।विश्व शिक्षक दिवसको अवसरमा दैलेख सदरमुकाममा आयोजित जिल्लाका उत्कष्ट शिक्षक सम्मान कार्यक्रममा उनले सो विचार राखेका भएको हो ।

प्रमुख शाहीले भने ‘विद्यालय शिक्षाको गुणस्तर खस्किँदै गएको देशको आर्थिक मन्दीले पनि हो, शिक्षकहरुको जाँगर कम भए पनि हो । सरकारले सरकारी र निजी विद्यालयका पुरस्कृत गरेका दैलेखका शिक्षकहरुको साँच्चै पुरस्कृत हुने काम गरेका वा नगरेका जाँच्ने मन छ ।’

कार्यक्रममा नेपाल शिक्षक महासंघका सहसचिव नरेन्द्र रेग्मीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा दिवसमा सरकारी र निजी विद्यालयका शिक्षकहरुलाई पुरस्कृत गर्न थालेकोबाट अरु शिक्षकहरुलाई पनि प्रेरणा बनेको बताउँदै पुरस्कृत शिक्षकलाई सम्मान गरेकोमा शिक्षाका लागि अभियान नेपालले धन्यवाद दिए ।

 

No description available.

 

नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष पुष्पा थापाले शिक्षकका सेवा सुविधा बृद्धिमा राज्य अनुदार बनेको आरोप लगाए । नारायण नगरपालिकाका शिक्षा शाखाका प्रास सूर्यलाल पाण्डेले शिक्षकहरुले शैक्षिक गुणस्तर सुधारका लागि मेहनत गर्न आग्रह गरे ।

आयोजक संस्था शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका जिल्ला अध्यक्ष भरतराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल बार एशोसिसनका जिल्ला अध्यक्ष ललितबहादुर थापा, गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष महारुप खत्रीले पनि विश्व शिक्षक दिवस र जिल्लाका उत्कष्ट शिक्षक सम्मान बारे थिए ।

संघीय सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हरेक जिल्लामा सरकारी र निजी विद्यालयका एक–एक जना उत्कृष्ट शिक्षक पुरस्कृत घोषणा गर्ने क्रममा भगवतीमाई गाउँपालिका–६ को कट्टीकी प्रधानाध्यापक रत्नाकुमारी रावल र फूलबारी विद्या मन्दिरका प्रिन्सिपल सुभाषकुमार थापा पुरस्कृत घोषणा गरेको छ ।

जनही पचास हजार नगद र प्रशंसापत्र दिइने भनी घोषणा गरिएको पुस्कार सरकारले उपयुक्त अवसरमा औपचारिक कार्यक्रम गरी दिने जनाएको छ । उत्कृष्ट शिक्षक पुरस्कार लागि घोषणा गरिएका शिक्षकहरुलाई विश्व शिक्षक दिवसको अवसर पारेर शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले सम्मानपत्र दिएको हो ।