☰ open Loading... 16 November 2024|  

सशस्त्र प्रहरीले दैलेखमा मनायो ६औँ स्थापना दिवस
पश्चिम नेपाल   | १९ आश्विन २०८०, शुक्रबार १८:०७

 

दैलेख –सशस्त्र प्रहरी बल आश्रीत गुल्म दैलेखले ६औँ स्थापना दिवस मनाइएको छ । शुक्रबार विविध कार्यक्रमको आयोजना गरी उक्त दिवस मनाइएको हो । सशस्त्र प्रहरी बल, नेपाल नं–६ सुर्खेतका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरिक्षक प्रदिप कुमार पालले स्थापना दिवसको उद्घाटन गरेका हुन ।

उद्घाटन कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं–६महेश्वरी बाहिनी सुर्खेतका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रदिप कुमार पालले मुलुकको जटिल परिस्थितिमा सशस्त्र प्रहरीबलले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।

 

May be an image of 6 people and text that says 'प्रदिप कुमार पाल सशस्व प्रहरी नायव महानिरीक्षक प्रमख अरतिचि'

 

सशस्त्र प्रहरीले जिल्लामा राज्यले दिएको जिम्मेबारी पुरा गर्न समेत निर्देशन दिए। सशस्त्र प्रहरी नायव महानिरीक्षक पालले भने विपद् व्यवस्थापन तथा उद्वारका कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

यस्तै दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद कोइरालाले जिल्लामा शान्ति सुरक्षा एव चोरी तस्करी नियन्त्रणमा सशस्त्र प्रहरीले प्रभावकारी कार्य गर्दै आएको बताए ।जिल्लामा शान्ति सुरक्षा र अमनचयन कायम राख्नकालागि विगतदेखि नै सशस्त्र प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उनले बताए ।

May be an image of 3 people and text

शान्ति सुरक्षासहित दैवि विपत्ति लगायतका घटनाहरुमा स्थानीयको साथ र सहयोगबाट अहिलेसम्म काम हुँदै आएको र भोलिका दिनमा पनि साथ र सहयोग रहिरहने सशस्त्र प्रहरी बल आश्रीत गुल्म दैलेख प्रमुख द्रोण ढकालले बताए ।

May be an image of 4 people and textस्थापना दिवसका अवसरमा बर्ष भरि उत्कृष्ट काम गर्ने सशस्त्र प्रहरीलाई सम्मान गरिएको थियो ।