दैलेख । दैलेखको डुङ्गेश्वर गाँउपालिका वडा न -१चुप्रा बजारमा बजार अनुगमन गरिएको छ।शुक्रबार उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेख, जिल्ला प्रशासन कार्यालय, डुङ्गेश्वर गाउँपालिका, ईलाका प्रहरी कार्यालय चुप्रा बजार लगायतको संयुक्त टोलीले गरेको बजार अनुगमनका गरेको हो।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखको आयोजना गरिएको बजार अनुगमनका क्रममा गुणस्तर, परिमाण र मूल्यमा उपभोक्तामाथि ठगी गरेको पाइएपछि अनुगमन गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख कल्पना खत्रीले जानकारी दिईन्।
उनले भनिन् अनुगमनका क्रममा डुङ्गेश्वर चुप्रा बजारमा नापतौल विभागको मापदण्ड विपरीत राखिएका ढग तराजु , होटल, थोक तथा किराना पसलको अनुगमन गरेको म्याद गुज्रेका प्रकारका पे–पदार्थ तथा दैनिक उपभोग्य सामग्री भेटिएको थियो ।
बजारमा अनुगमनका क्रममा प्यान नम्बर नराख्ने व्यवसायीलाई एक हप्ताभित्र प्यान नम्बरको व्यवस्था गर्न निर्देशन दिइएको समेत उनले बताईन्।
बजारमाअनुगमनमा डुङ्गेश्वर गाँउपालिका वडा नं- १का वडाध्यक्ष श्याम बहादुर राना, जिल्ला कारागार दैलेखका प्रमुख जित बहादुर खत्रि, डुङ्गेश्वर गाँउपालिका वडा न -१का वडासचिब संगिता लामिछाने, उद्योग तथा उपभोक्ता हित संरक्षण दैलेखका लेखा सहायक भरत खत्रि लगायतको उपस्थिति रहेको थियो ।