☰ open Loading... 26 February 2025|  

१० महिनामा दोलखाबाट ३९ किलो सुन आयो, कर्णाली पनि रोजाइमा
पश्चिम नेपाल   | २० आश्विन २०८०, शनिबार ०६:५४

दोलखाको फलेक नाकाबाट मात्रै गत १० महिनामा ३९ किलो सुन तस्करी भएको छ।

बिगु गाउँपालिका-१ बाट बरामद भएको ११ किलो सुनको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र जिल्ला प्रहरी कार्यालय दोलखाले संयुक्त रूपमा गरिरहेको छ।

११ किलो सुन तस्करी गर्ने समूहले गत मंसिरयता ३९ किलो सुन तस्करी गरिसकेको अनुसन्धानबाट खुलेको छ।

यस प्रकरणको अनुसन्धान प्रहरीले संगठित अपराध कसुरअन्तर्गत गरिरहेको छ। जसमा प्रहरीले अहिलेसम्म ११ जनालाई पक्राउ गरिसकेको छ।
त्यस्तै तिब्बत संग सीमा जोडिएको कर्णालीका विभिन्न नाकाबाट पनि सुन तस्कर हुने सम्भावना रहेको बताइन्छ । यहाँबाट सुन ल्याउन सुरक्षित हुने भएकाले तस्करको आँखा कर्णालीमा हुन् सक्ने अनुमान गरिएको छ । भरिया मार्फत सुन कारोबार भइरहेको स्थानियले अनुमान समेत गरेकाले प्रहरी चनाखो हुनु पर्ने देखिन्छ ।