☰ open Loading... 10 December 2023|  

सेती नदीमा डुबेर दुई बालक बेपत्ता
पश्चिम नेपाल   | २० आश्विन २०८०, शनिबार १५:१५

डोटीको सेती नदीमा नुहाउने क्रममा दुई बालक बेपत्ता भएका छन्।

जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ स्थित सेती पुल नजिक नुहाउने क्रममा दुई बालका बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तले जानकारी दिए।

उनका अनुसार बेपत्ता हुनेमा वडा नं–४ पिपल्ला बजारका ८ वर्षीय खुसी प्रजापति र सोही ठाउँका साढे दुई वर्षका सिद्धार्थ देउवा रहेका छन्। बेपत्ता दुवैको खोजी कार्य भइरहेको प्रनाउ श्रीवास्तले बताए।

खोजीका लागि सुरक्षाकर्मी तथा स्थानीयवासी खटिएको प्रहरीले जनाएको छ।