☰ open Loading... 26 December 2024|  

बचतकर्ताको करोडौँ रुपैयाँ हिनामिना गर्ने देउराली सहकारीका सञ्चालक पक्राउ
पश्चिम नेपाल   | २० आश्विन २०८०, शनिबार २०:३८

देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रवीन्द्र चौलागाईं पक्राउ परेका छन् । बचतकर्ताको पैसा हिनामिना गरेका चौलागाईंलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले मंगलबार पक्राउ गरेको हो ।

उनले बचतकर्ताको ४ करोड रुपैयाँभन्दा बढी हिनामिना गर्ने गरेको आरोप छ । चौलागाईंले ४ करोड ४९ लाख ९९ हजार ४ सय ४३ रुपैयाँ ठगी गरेका छन् । उनले निक्षेपकर्ताहरुलाई आर्कषक ब्याजदर दिन्छु भनी प्रलोभन देखाई निक्षेपकर्ताको रकम सहकारी मुद्दती, निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाएका थिए ।

मासिक/त्रैमासिक/वार्षिक रुपमा ब्याज पाउने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण साँवा, ब्याज फिर्ता पाउने विश्वासका साथ उक्त संस्थामा बचतकर्ताहरुले जम्मा गरेको रकमको साँवा, ब्याज फिर्ता नदिई पटक-पटक ताकेता गर्दा पनि उनले फिर्ता दिन आनाकानी गर्दै आएका थिए ।