पश्चिम नेपाल | २२ आश्विन २०८०, सोमबार १७:४०
सरकारले इजरायलमा मारिएका नेपालीको परिवारलाई १० लाख दिने निर्णय गरेको छ।
सोमबार दिउँसो बसेको मन्त्रिपरिषद्को विशेष बैठकले उक्त निर्णय गरेको हो
इजरायलमा हमास समूहको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई १०-१० लाख राहत दिने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।