☰ open Loading... 28 February 2025|  

कर्णाली निजामती सेवा विधेयक पारित
पश्चिम नेपाल   | २४ आश्विन २०८०, बुधबार ०५:३८

काठमाडौँ । कर्णाली प्रदेशको निजामती सेवा विधेयक पारित भएको छ।सोमबार बसेको प्रदेश सभा बैठकबाट कर्णाली प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धी विधेयक, २०७८ बहुमतले पारित भएको हो।

उक्त विधेयक साउन २५ गते कर्णाली प्रदेश सभा सचिवालयमा दर्ता भएको थियो। साउन ३२ गते सभामा छलफलका लागि टेबल भएको थियो।

भदौ १ गतेको बैठकमा भएको विधेयक माथिका सैद्धान्तिक छलफलपछि दिइएको संशोधन प्रस्तावको समयमा १० जना सदस्यले संशोधन प्रस्ताव दर्ता गराएका थिए।संशोधन प्रस्तावहरूलाई पनि सोमबारको बैठकले विधेयकका अङ्गका रूपमा स्वीकृत गरेको छ।