☰ open Loading... 28 February 2025|  

बजार अनुगमन तीव्र
पश्चिम नेपाल   | २४ आश्विन २०८०, बुधबार ०५:५१

 

दैलेख ।दैलेखमा चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनलाई तीव्रता दिएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेख, जिल्ला प्रशासन कार्यालय, दुल्लु नगरपालिका -८ चगत्रा बजार, भैरवी गाँउपालिका वडा नं -१ खोली बजारमा अनुगमन गरेको हो।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखको आयोजना गरिएको बजार अनुगमनका क्रममा गुणस्तर, परिमाण र मूल्यमा उपभोक्तामाथि ठगी गरेको पाइएपछि अनुगमनलाई तीव्रता दिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखका प्रमुख कल्पना खत्रीले जानकारी दिइन् ।

बजारमा अनुगमनका क्रममा प्यान नम्बर नराख्ने व्यवसायीलाई प्यान नम्बरको व्यवस्था गर्न निर्देशन दिइएको समेत कार्यालय प्रमुख खत्रीले बताइन्।बजारमाअनुगमनमा जिल्ला कारागार दैलेखका प्रमुख जित बहादुर खत्रि, उद्योग तथा उपभोक्ता हित संरक्षण दैलेखका लेखा सहायक भरत खत्री, जिल्ला प्रशासन कार्यालय दैलेखका बिष्णु थापा, उद्योग तथा उपभोक्ता हित संरक्षण दैलेखका रुद्र थापा लगायतको उपस्थिति रहेको थियो ।