☰ open Loading... 4 December 2024|  

पालिकामा डाक्टर बस्ने अवस्था छैन् ः सभापति भण्डारी
पश्चिम नेपाल   | २४ आश्विन २०८०, बुधबार १३:०८

प्रदेश सभा सांसद तथा सामाजिक विकास समितिका सभापति घनश्याम भण्डारीले कर्णालीमा आर्थिक सम्पन्नता नभएकाले पालिकामा डाक्टर बस्न नसकेको बताए । उनले सामाजिक विकास मन्त्रालयले डाक्टर पालिकामा पठाउनुपर्ने धारणा राखे । स्वास्थ्य सेवामा लागेकाहरुले धनले भन्दा मनले विरामीको सेवा गर्नु पर्ने र यो गर्दा मनको उर्जा प्राप्त हुन्छ अनि समाज बदल्ने भण्डारीले बताए ।

हामीले हाम्रो संस्था शासन र सेवा राम्रो र गुणस्तरिय बनाएर नागरिकको मन जित्नु पर्ने सभापती भण्डारीले बताए । हामीले भगवानको प्रतिनिधि हौ। भण्डारीले भने, सेवा ही परमो धर्म हाम्रो आदर्छ हो यसबाट प्रभावितत भएर सेवा र बस्तु प्रबाह गर्नु पर्ने छ।

स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतको आयोजनामा कर्णाली प्रदेश स्तरिय बार्षिक समिक्षा गोष्ठीको उद्घाटन कार्यक्रममा भण्डारीले आफ्नो भनाई राख्दै सवैले स्वास्थ्य क्षेत्र सुधारका लागि साझा धारणा बनाउनुपर्ने बताए ।

कार्यक्रममा कर्णाली प्रदेशका सबै अस्पतालबाट प्रमुख तथा प्रतिनिधिहरु सहभागी छन् । कार्यक्रममा सामाजिक बिकास मन्त्री खड्ग बहादुर पोखरेल र निमित्त निर्देशक डा. रबिन खड्काले आफ्नो घारणा राखेका थिए ।