पश्चिम नेपाल | २४ आश्विन २०८०, बुधबार १४:४४
कर्णाली प्रदेश सरकारले इजरायलमा फ्यालेस्टाइनी अतिवादी समूह हमासले गरेको आक्रमणमा मृत्यु भएका विद्यार्थीका परिवारलाई जनही तीन लाख रुपैयाँ प्रदान गर्ने भएको छ ।
बुधबार बसेको मन्त्रिपरिषदको बैठकले इजरायलमा मृत्यु भएका सबैप्रति श्रद्धाञ्जली एवम् घाइतेहरुकाे शीघ्र स्वास्थ्य लाभकाे कामना गर्दै मृत्यु भएका कर्णालीका नागरिकका परिवारलाई तीन लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो ।