☰ open Loading... 16 November 2024|  

पत्रकार बाँस्कोटामाथि दुब्यवहार
पश्चिम नेपाल   | २४ आश्विन २०८०, बुधबार १५:१२

अन्नपूर्ण पोष्ट दैनिकका पाँचथर संवाददाता भिम कुमार बाँस्कोटालाई पाँचथरको याङवरक गाउँपालिकाका अध्यक्ष भिमबहादुर योङ्या (सुवास) ले रिर्पोटिङको क्रममा दुव्र्यवहार गरेका छन् । समाचार संकलनका लागि याङवरक गाउँपालिका पुगेका पत्रकार बाँस्कोटालाई अध्यक्ष योङ्याले २०८० असोज २३ गते अध्यक्षको कार्यकक्षमै दुब्यहार गरेका थिए । अध्यक्षले क्यामराबाट दृश्य कैद गर्न समेत अवरोध गर्दै, क्यामरा तल राख, पर बस, प्रश्नको जवाफ दिन्न्, लगायतका कुरा भनेर दुब्यवहार गरेको पीडित पत्रकार बाँस्कोटाले बताए ।

उक्त घटनाप्रति नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको छ । सार्वजनिक पद धारण गरेका जनप्रतिनिधिले सञ्चारकर्ममा क्रियाशील पत्रकारमाथि गरिएको यो अशोभनीय व्यवहार खेदजनक भन्दै समाचारसँग सम्बन्धित विषय भए वा समाचारमा कुनै विषयमा चित्त नबुझेको अवस्थामा कानुनी उपचारको बाटो हुँदाहुँदै जनप्रतिनिधिले कानुन हातमा लिएर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्दै दुव्र्यवहार गर्ने कार्यको नेपाल प्रेस युनियन घोर भत्र्सना गरिएको महासचिव दिलीप पौडेलद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।