लघुवित्त संस्था खारेजी सहित लघुवित्तीय संस्थाहरुले लगाएको सामुहिक ऋण मिनाह गर्नुपर्ने लघुवित्तपीडित संघर्ष समिति सुर्खेतका अध्यक्ष लक्ष्मी सुनारले बताएकी छन् ।
लघुवित्तीयको ज्यादती रोक्नुपर्ने र गरिब र किसानहरुलाई निशुल्क ऋण उपलब्ध गराउनुपर्ने उउनले बताईन् ।
बुधबार कचहरी प्रेस क्लबमा आयोजना गरिएको लघुवित्त क्षेत्रमा देखिएका समस्या र समाधानका विषयमा बहस बहस कार्यक्रमा बोल्दैउनले यस्तो बताएकी हुन् ।
अधिकांशले मिटरव्याजमा पैसा लिएर लघुवित्तको किस्ता तिर्दै आएको बताउदै उनले जसका कारण पिडितहरु झनै पिडित बन्दै गएको उनले बताईन् ।
कुनै हालतमा तपाईहरुको पैसा तिर्छु भाग्दिन भन्दा पनि घरमा दैनिक आउने घर नभेटे गाँउमा खोज्दै हिड्ने, गाली गर्ने गरेको उनले दुखेसो पोखिन् । उनले भनिन” सहनै नसक्ने भएपछि सडकमा उत्रिएको हो, जिल्ला प्रशासन कार्यालय हुँदै सडकमा लघुवित्त विरुद्धको लागि आन्दोलनमा लागेका छौँ । समस्या भए मृत्यु दर्ता लिएर आउनुस् हामि छोडिदिन्छौ भन्छन् , खाए पछि तिर्नु पर्छ भन्ने थाहा छैन् भन्दै विभिन्न खालका अस्लीन गालि गरेर धेरै पिडा पनि दिने गरेको उनको आरोप छ । लघुवित्तिय संस्थाहरुले बचतमा दिनुपर्ने कुनै सुविधा नदिने तर व्याज वृद्धि गरी पिडा दिने काम गरेकाले बाध्य भएर संर्घषमा उत्रनुपरेको उनिहरुको भनाई छ ।
लघु वित्तको ज्यादती अन्त्य नगरे र लगाएको ऋण मिनाह नगरे आन्दोलन थप चर्काउने चेतावनी उनीहरुले दिएका छन् । लघुवित्तय संस्थाहरुले घरमै आएर अनावश्यक दुख दिने, धम्क्याउने गरेको पिडितहरुको गुनासो छ ।
सिवाईसी लघुवित्त साँचिकै जनताको सुख दुःखको साथी बन्छ ः एमडी शर्मा
सिवाईसी लघुवित्त साँचिकै जनताको सुख दुःखको साथी बन्दै आएको सिवाईसी लघुवित्तका प्रमुख कार्यकारी अघिकृत (एमडीं) डोलेन्द्रप्रसाद शर्माले बताएका छन् । सिवाईसी लघुवित्त अहिले देशैभर सञ्चालनमा रहेको साँखा विस्तार गरि रहेको उनले बताए ।
बुधबार कचहरी प्रेस क्लबमा आयोजना गरिएको लघुवित्त क्षेत्रमा देखिएका समस्या र समाधानका विषयमा बहस कार्यक्रमा बोल्दै उनले यस्तो बताएका हुन् ।उनले भने”गलत नियत राखेर लघुवित्तको नामा कोहि कसैलाई ज्यादती गरेको छ भने त्यसलाई कारवाही गर्ने उनको भनाई छ । यदी यस्तो खालको व्यवहार देखाउन्छ भने राष्ट्रि बैंकको निर्देशन बाहिर रहेर काम गरेका लघुवित्त ठहर हुन्छ त्यसलाई आवश्यक कारवाही गरिनु पर्ने उनले बताए ।
ऋण लिएको नाममा जनतालाई दःुख दिने गरेमा वा व्यक्तिगत पालईदाका लागी गलत आचरण देखाएका त्यो कानुन विपरीत हो आवश्यक कारवाहीको माग गर्नु पर्ने उनको भनाई छ । सिवाईसी लघुवित्तसँग आवद्ध कोहि कसैले स्थानियलाई ऋण लिएको नाममा दुःख दिएको भए त्यसलाई तत्काल कारवाही गर्ने उनले बताए ।
लघुवित्तको लक्ष्य, उद्देश्य, मोडालिटी, मर्म र भावना बुझ्न जरुरी छ । लघुवित्त सेवा गरीव विपन्नको लागि हो, धनीको लागि पटक्कै होइन । आफूले जानेको ज्ञान, सीप र स्वपुँजीमा लघुवित्तबाट सानो कर्जा लिएर व्यवसाय गर्नेहरुका लागी उपयुक्त हुन्छ ‘उनले भने’ । सानो तिनो दैनिक कमाई गरी लघुवित्तबाट लिएको कर्जाको मासिक किस्ता तिर्ने हो, न की कर्जा रकम लगानी गरेर त्यसैको प्रतिफलबाट उपलब्धी हुने उनले बताए ।
लघुवित्त भनेको एकै चोटी ठूलो कमाईको सपना होइन, क्रमशः जीवनस्तर सुधार्ने, घरखाँचो पर्न नदिने, एक आपसमा सहयोगी र मेलमिलापको भावना विकास गर्ने साथै शिक्षित नयाँ पुस्ताको निर्माण गर्ने उनले बताए ।
बचतको प्रकार अनुसार सेवा सुविधा पाइन्छ । त्यसैगरी आयमूलक कार्यकोलागि कर्जाको प्रकार अनुसार कर्जा सेवा पनि पाइन्छ । यसरी लघुवित्त संस्थाहरु गाउँ गाउँसम्म पुग्ने भएकोले गाउँ तहसम्म वित्तीय सेवाको पहुँच बढेको उनको भनाई छ ।