पश्चिम नेपाल | २६ आश्विन २०८०, शुक्रबार १३:१७
डेङ्गु सङ्क्रमणबाट तनहुँको व्यास नगरपालिका-४ शीतलचोकका ६ वर्षीय बालकको मृत्यु भएको छ ।
गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा बालकको आज मृत्यु भएको हो ।
दमौलीस्थित कन्काई ग्लोबल एकेडेमीमा अध्ययनरत उनको निधनमा विद्यालयले आज शोक बिदा दिएको छ । व्यास नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख प्रमोद सोतीले बालकको मृत्युबारे औपचारिक जानकार प्राप्त नभएको बताए ।
६ वर्षीय बालकको मृत्युसँगै व्यास नगरपालिकामा डेङ्गुबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।