☰ open Loading... 22 January 2025|  

“मिस्टर एण्ड मिस अफ द कर्णाली २०२३” हुँदै
पश्चिम नेपाल   | २७ आश्विन २०८०, शनिबार १७:४६

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा पहिलो पटक “मिस्टर एण्ड मिस अफ द कर्णाली २०२३” को पहिलो सस्करण कार्तिक १ गतेबाट सुरु हुने भएको छ ।

हिन्दुहरुको महान चाड दशैँ र तिहारको अवसरमा प्लेईङ्ग फर चेन्ज,सुर्खेतको आयोजनामा पहिलो पटक “मिस्टर एण्ड मिस अफ द कर्णाली २०२३” पहिलो सस्करण कार्तिक १ गतेबाट सुरु हुने भएको हो । सनिबार कचहरी प्रेस क्लबमा पत्रकास सम्मेलन बोल्दै पहिलो अडिसन कार्तिक १ गते हुने प्लेईङ्ग फर चेन्ज,सुर्खेतका अध्यक्ष प्रकाश खड्काले जानकारी दिएका छन् ।

उनका अनुसार कार्यक्रम विभिन्न चरणमा सञ्चालन हुने छन् । जस्तै अडिसन राउण्ड, टे«निङ्ग, फोटो सुट, ट्यालेन्ड राउण्ड र फाईनल राउण्ड हुने छ । “मिस्टर एण्ड मिस अफ द कर्णाली २०२३” को बिजेताहरुलाई नगद रु ५० हजार, राष्ट्रिय र अन्तराष्ट्रि स्तरमा प्रतिनिधित्व, विभिन्न सौर्दयताको ५ दिने निशुल्क तालिम, क्राउन, ट्रफि, स्लास र विभिन्न आकषर्क उपहारहरु, मिउजीक भिडियो, सर्ट मोभिहरु लगाएतका विभिन्न अवस प्रर्दान गरिने अध्यक्ष खड्काले बताए ।

यस कार्यक्रमा भागलिनका लागि सहभागी फारम भर्नु पर्ने छ,भने फारम वापत रु ५०० शुल्क लाग्ने उनले जानकारी दिए । यस ईभेन्टमा १४ देखि २४ बर्ष उमेर समुहकाहरुले भाग लिन पाउने छन् ।