☰ open Loading... 7 November 2025|  

विवाह गर्न वडाबाट अनुमति
पश्चिम नेपाल   | २७ आश्विन २०८०, शनिबार २२:१६

सिन्धुलीको मरिण गाउँपालिकाभित्र विवाह गर्दा सम्बन्धित वडाबाट अनुमति लिनुपर्ने भएको छ। बालविवाह न्यूनीकरणका लागि पालिकाले वडा कार्यालयबाट अनुमति लिनुपर्ने व्यवस्था गरेको हो।

गाउँपालिका अध्यक्ष विमर्श मुक्तानका अनुसार विवाह हुनुभन्दा अघि वडा कार्यालयमा पुगी विवाह हुने महिला र पुरुष दुवैको विवाह गर्न योग्य उमेर प्रमाणित गरेपछि अनुमति पाइने छ।

आइतबार बसेको गाउँ कार्यपालिकाको बैठकले आगामी मंसिर १ गतेदेखि अनुमति लिएर मात्रै विवाह गर्न दिने निर्णय गरेको हो। मुलुकी देवानी (संहिता) ऐन, २०७४ को दफा ७० (घ)बमोजिम महिला र पुरुषको उमेर २० वर्ष पूरा भएको हुनुपर्छ।