☰ open Loading... 24 November 2024|  

कृषि क्षेत्रमा सरकारकाे लगानीमा कृषककाे विश्वसनीयताकाे खाँचो छः मन्त्री शर्मा
पश्चिम नेपाल   | २९ आश्विन २०८०, सोमबार ०७:५०

कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले कृषि क्षेत्रमा प्रदेश सरकारले गरेको लगानीमा कृषककाे विश्वसनीयता खाँचो भएको बताए ।

सेन्टर नेपाल जिल्ला समन्वय समिति सल्यान काे आयाेजना नेपाली हरुकाे महानचाड बडादशै ,शुभदिपावली छडपर्व ,नेपाल संम्बतकाे अवसरमा शुभकामना आदानप्रदान तथा कृषिमा आधुनिकीकरण र प्रवर्द्धनमा संञ्चार माध्यमकाे भूमिका विषयक अन्तरक्रियाअन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले प्रदेश सरकारले गरेकाे लगानीमा कृषककाे बिश्वसनीयताकाे खाँचो अाैल्याएका हुन् ।

युवा शक्ति वैदेशिक राेजगारमा हुने र नेपालकाे सबै खेतीयोग्य जमिन बाँझो  हुन थालेकोमा जिकिर गर्दै बिश्वमा हुने ठुला ठुला लडाइका कारणले एक पटक सबै युवा देश फर्क अभियान बाट पुनः कृषि कर्म नगरे खाद्यान्न अभाव टार्न नसकिने भएकोले कृषिमा लगानी गर्न सरकार तयार भएको र कृषककाे विश्वसनीयता अावश्यक भएको बताए ।

कृषि ब्यबसायमा ब्यबसायीकरण गर्नु भन्दा अनुदान कसरी लिन सकिन्छ भन्ने सवालकाे मुख्य समस्या भएकोले ग्रामीण क्षेत्रका किसानलाई समेट्न प्रदेश सरकारले एक फर्म एक उत्पादन अनेक स्वामित्वकाे निति अनुसार वडा पकेट क्षेत्र बिस्तार कार्यक्रम लागू गरेकाे प्रस्ट पारे ।

कर्णालीमा खाद्यान्न अभाव पुर्ति गर्न कर्णालीमा उत्पादन भएका रैथाने खाद्यान्न वालीलाई मूल्यवान बनाएर बिक्री बाट मात्रै सम्भव भएकोले रैथाने बालीमा उत्पादनमा वृद्धि गर्न कर्णालीका हिमाल जिल्लाबाट उत्पादनमा र बजारीकरण सुरु गरेकाे बताए ।