☰ open Loading... 4 June 2025|  

पुलबाट हाम फालेका कार्कीको मृत्यु
पश्चिम नेपाल   | २९ आश्विन २०८०, सोमबार १२:५०

सुर्खेतको भेरीगंगा नगरपालिका–१० स्थित रत्न राजमार्ग अन्तर्गत पर्ने तोलीखोला पुलबाट हाम फालेका दैलेखको आठबीस नगरपालिका–३ का दिपक कार्कीको उपचारको क्रममा मृत्यु भएको छ।

आइतवार राति साढे नौ बजेतिर उनले पुलबाट हाम फालेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी लक्ष्मण शाहीका अनुसार कार्की नेपालगञ्जबाट सुर्खेत आउँदै थिए। कर्णाली प्रदेश २४७ नम्बरको बस तोली खोला पुल नजिकै खाना खान रोकिएको थियो।

‘त्यहीँ बेला उनले पुलबाट हाम फालेका रहेछन्,’ उनले भने, ‘उपचारका क्रममा कर्णाली प्रदेश अस्पतालमा सोमवार बिहान तीन बजेतिर मृत्यु भयो।’ प्रहरीले गाडी र चालक अछामको तुर्माखाँद गाउँपालिका–३ का २७ वर्षीय प्रेम नेपालीलाई पक्राउ गरेको छ।