☰ open Loading... 5 November 2025|  

कालिकोटकाे लेकाली भेगमा हिमपात
पश्चिम नेपाल   | ३० आश्विन २०८०, मंगलवार १७:५१

कालिकोट जिल्लाका लेकाली क्षेत्रमा पानीसँगै हिमपात भएको छ।

तिलागुफा नगरपालिका, खाँडाचक्र नगरपालिका, रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका लगायतका लेकाली क्षेत्रमा पानी परेसँगै हिमपात भएको हो।

लेकाली क्षेत्रमा भएको हिमपातका कारणले चिसो पनि निकै बढेको छ। पहाडमा जमेको हिमपातको सिरेटोका कारणले चिसो पनि अत्यधिक बढेको हो।

सोमबार राति पानी परेसँगै लेकाली क्षेत्रमा हिमपात भएको हो। हिमपात भएपछि त्यहाँ रहेका भेडा बाख्रालाई तल्लो क्षेत्रमा झार्न सुरु गरिएको छ।

रास्कोट–२ का रंग खड्काले जिउलीमा हिमपात भएकाले भेडा अलि तल झारिएको बताए। विगतका वर्षमा कात्तिक लागेपछि हिमपात हुने गरे पनि यो वर्ष भने असोजमै हिमपात भएको छ ।