☰ open Loading... 5 February 2025|  

डोल्पामा आयोडिनयुक्त नुन अभाव
पश्चिम नेपाल   | ३ कार्तिक २०८०, शुक्रबार १४:३९

सरकारले अनुदानस्वरूप दिएको आयोडिनयुक्त नुन नपाइएपछि डोल्पाका सात स्थानीय तहका सर्वसाधारण ढिके नुन नै प्रयोग गर्न बाध्य छन्।

मुड्केचुलाको सर्मी, जगदुल्लाको काइगाउँ, त्रिपुरासुन्दरीको लिकु र उपल्लो डोल्पाका स्थानीय तहका लागि तिञ्जेमा आयोडिनयुक्त नुनको डिपो छ। तिञ्जेबाट टाढा रहेको फोक्सुण्डो, सालदाङका लागि क्याटोबाटै नुन वितरण हुने गरेको साल्टटेड्रिङ कर्पोरेसनका डोल्पा शाखाले बताएको छ। बर्सेनि सदरमुकाम दुनै र जुफालबाट मात्र आयोडिनयुक्त नुन वितरण हुँदै आएको छ। उपल्लो डोल्पामा नुन र चामल पाँच वर्षदेखि ढुवानी हुन सकेको छैन। नाका बन्द भएका कारण त्यहाँ ढुवानी हुन नसकेको हो।

सदरमुकामलगायत ठाउँमा समेत भेरी करिडोरको सडक मर्मतसम्भारमा ढिला भएका कारण ढुवानीमा समस्या भएको हो। सदरमुकामबाट अहिले प्रतिव्यक्ति तीन पोका नुनमात्र विवतरण हुँदै आएको छ। भेरी करिडोरभित्र रहेको तल्लु, चौखा, रुपगाड, छलगाडमा पुल नहुँदा ढुवानीका काममा बाधा पुग्दै आएको छ।