☰ open Loading... 23 December 2024|  

३५ वर्षपछि रोटेपिङ
पश्चिम नेपाल   | ७ कार्तिक २०८०, मंगलवार ०६:५८

धादिङको ज्वालामुखी गाउँपालिका–६स्थित हुलाक भञ्ज्याङमा ३५ वर्षपछि यो दसैँमा रोटेपिङ हालिएको छ। पुराना कला र संस्कृति जगेर्ना गर्ने अभियानमा लागेका स्थानीय युवाले कलात्मक रोटेपिङ तयार गरेका हुन्।

गाउँका सबै युवा मिलेर पिङ निर्माण गरेपछि यो वर्ष दसैँ रौनक बनेको छ। बालबालिकादेखि वृद्धसम्मलाई रोटेपिङले थप उल्लासमय बनाएको छ। स्थानीयवासी हरिमान शाक्य भन्छन्, “३५ वर्षपछि रोटेपिङ चढ्््न पाइयो। पिङ खेल्न पाएपछि त हामीजस्ता बुढापाकालाई पनि दसैँ रमाइलो हुँदो रहेछ।”

बाजेका पालासम्म पुस्तान्तरण हुँदै आए पनि बाको पालादेखि हराउँदै गएको रोटेपिङको जगेर्नामा नयाँपुस्ता लागिपरेका छन्। यहाँका युवाले गाउँका बूढापाका र बालबालिकालाई पिङ खेलाउँदै रोटेपिङबारे पाकाको कुरा सुन्ने र सानालाई सुनाउने गरिरहेका छन्।