☰ open Loading... 31 January 2025|  

बाँकेमा भोलि बुधबार मध्यरातसम्म मदिरा किनबेच र उपभोग गर्न नपाइने
पश्चिम नेपाल   | ७ कार्तिक २०८०, मंगलवार १८:५५

बाँके जिल्लामा बुधबार (भोलि) मध्यरातसम्म मदिराजन्य पदार्थ किनबेच र उपभोगमा रोक लगाइएको छ।

भोलि स्थानीय घाट, तलाउमा देवीको मूर्ति बिसर्जन गरिने हुँदा धार्मिक सद्भाव नखल्बलियोस् भनेर जिल्ला प्रशासन कार्यालयले बुधबार मदिरा किनबेच र उपभोगमा रोक लगाइएको हो।

यही मिति २०८० कार्तिक ८ गते बुधवारका दिन यस जिल्लाका विभिन्न स्थानबाट दुर्गा भवानीको मूर्ति पवित्र जलकुण्ड÷नदी घाटहरूमा विसर्जन र्‍याली सञ्चालन गरिने परम्परा रहेको सबैमा विदितै छ। दिनभर भक्तजनहरूले श्रद्धापूर्वक दुर्गा मूर्ति विसर्जन र्‍याली सञ्चालन गर्ने भएकोले मूर्ति विसर्जन र्‍यालीलाई सभ्य, शान्त, अनुशासित एवं मर्यादित रूपमा सम्पन्न हुने वातावरण निर्माणमा सहयोग पुर्‍याउन उक्त एक दिन यस जिल्लाभरि बिहान ८.०० देखि राति १२.०० सम्म मदिराजन्य पद्धार्थको ओसारपोसार, बिक्रीवितरण तथा उपभोगलाइ निषेध गरिएको छ,’ जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै भनेको छ।

जिल्लाको समग्र शान्ति सुरक्षा, सुव्यवस्था र सार्वजनिक हितलाइ ध्यानमा राखी सूचना जारी गरिएको जिप्रकाको भनाइ छ ।