☰ open Loading... 15 March 2025|  

रोटेपिङ खेल्दा लडेर एक जनाको ज्यान गयो
पश्चिम नेपाल   | ८ कार्तिक २०८०, बुधबार ०६:३१

गोरखामा रोटेपिङ खेल्दा लडेर एक जनाको मृत्यु भएको छ । पालुङटार नगरपालिका ८ मिलनचोकमा रोटेपिङ खेल्ने क्रममा ३६ वर्षीया कल्पना कोइरालाको मृत्यु भएको हो ।

पिङ खेल्ने क्रममा घाइते भएकी उनको उपचारका लागि गोरखा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको गोरखा प्रहरीले जनाएको छ । उनको टाउकोमा चोट लागेको थियो ।