☰ open Loading... 15 March 2025|  

आज पनि दसैंको टीका र जमरा लगाइँदै
पश्चिम नेपाल   | ८ कार्तिक २०८०, बुधबार ०६:३३

बुधबार (आज) पनि दसैंको टीका र जमरा लगाइँदै छ। मंगलबार शुभ साइतको टीका थाप्न नपाएकाहरू आज पनि आफन्तकहाँ आर्शिवाद लिन जान्छन्। यो क्रम कोजाग्रत पूर्णिमा (शनिबार) को दिनसम्म रहन्छ।

कुनै ठाउँमा भने विजया दशमीको दिन टीकाजमरा लिएपछि दसैं सक्ने प्रचलन पनि रहेको छ।

आज पापाङ्कुशा एकादशी पनि रहेको छ। विजयादशमीको भोलिपल्ट पर्ने यस एकादशीका दिन व्रत बस्नाले र भगवान् विष्णुको उपाशना गर्नाले मोक्ष प्राप्ति हुने विश्वास छ। साथै पापमा अंकुश लाग्ने जनविश्वास पनि छ।