☰ open Loading... 16 September 2024|  

अज्ञात समूहद्वारा रोशनीडाँडा लिफ्टिङ आयोजना तोडफोड
यामराज बिष्ट   | ९ कार्तिक २०८०, बिहीबार १०:११

 

दैलेख। प्रदेश सरकार भौतिक मन्त्रालयको लगानीमा ३५ लाखको लगानीमा बनेको रोशनीडाँडा लिफ्टिङ आयोजना सोलार सिस्टम अज्ञात समुहले तोडफोड गरेको छन् ।

अज्ञात समूहले जिल्लाको चामुण्डा बिन्द्रासैनी नगरपालिका- ४ जारगाँउ पानिमुला स्थित रहेको रोशनीडाँडा लिफ्टिङ आयोजनाको सोलार सिस्टम तोडफोड गरेका हुन्।

ढुङ्गा र फलामका हातहतियारले तोडफोड गर्न सकिने सबै सामानमा क्षति पुगेको चामुण्डा बिन्द्रासैनी नगरपालिका -४वडा अध्यक्ष भक्त बहादुर शाही बताए । तोडफोडमा संलग्नलाई यथाशीघ्र पत्ता लगाई कारबाही गरिने वडाध्यक्ष शाहीले जानकारी दिए ।

प्रदेश सरकार भौतिक मन्त्रालयको लगानीमा निर्माण गरिएको रोशनीडाँडा लिफ्टिङ आयोजना कात्तिक ६गते राती अज्ञात समुहले तोडफोड गरेको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख किशोर लम्सालका अनुसार अज्ञात समुहको खोजि कार्य भइरहेको बताएका छन् । तोडफोड गर्ने जो कोहीलाई कानुनी कारवाही सहित क्षतिपुर्ति समेत तिनुे पर्ने उनले बताए ।घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।