☰ open Loading... 19 September 2024|  

चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको निधन
पश्चिम नेपाल   | १० कार्तिक २०८०, शुक्रबार ०७:१८

काठमाडौँ — चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको ६८ वर्षको उमेरमा निधन भएको चिनियाँ सञ्चार माध्यमले बताएका छन् । प्रधानमन्त्रीबाट हटेसँगै सांघाईमा बसिरहेका उनलाई बिहीबार राति हृदयघात भएको बताइएको छ ।

चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको निधन

 

सीसीटीभीका अनुसार उनलाई स्थानीय समय अनुसार बिहीबार मध्यरातमा हृदयघात भएको थियो ।उनी चिनियाँ कम्युनिस्ट पार्टी ‘सीसीपी’को तल्लो तहबाट उठ्दै माथि पुग्ने नेताहरूमा गनिन्छन् । उनलाई कुनै समय चीनको भावी राष्ट्रपतिका रुपमा समेत हेर्ने गरिएको थियो । २०१३ मा प्रधानमन्त्री बनेका ली करिब १० वर्षसम्म पदमा रहेका थिए । पेकिङ विश्वविद्यालयमा अध्ययन गरेका ली चीनको अर्थ नीतिका सुक्ष्म जानकार थिए ।