☰ open Loading... 19 September 2024|  

झडपमा परी एक जनाको मृत्यु
पश्चिम नेपाल   | १० कार्तिक २०८०, शुक्रबार १०:५६

 

दैलेख ।भैरबी गाउँपालिका–४ सिलङ्गी बजारमा युवाबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । झडपमा सुर्खेतको बीरेन्द्रनगर नगरपालिका–२ का २० वर्षीय किशोर बुढा क्षेत्रीको मृत्यू भएकोे हो ।

किशोरको थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक कमल आचार्यले बताए ।

झडपको क्रममा घाइते भएका भैरबी गाउँपालिका–५ सैनचौरका २१ वर्षीय सुमन शाहीलाई प्रहरीले दुल्लू अस्पतालमा पु¥याएकोमा सामान्य उपचार गरी फर्किएका र किशोर बुढा क्षेत्रीलाई थप उपचारका लागि सुर्खेत पठाइएको थियो प्रहरी निरीक्षकले भने ।

प्रहरीले घटनास्थलबाट बा ३३ प ७९५९ नम्बरको १५० सीसीको निलो रङ्गको पल्सर मोटरसाइल नियन्त्रणमा लिई सिलङ्गी प्रहरी चौकीमा राखेको छ ।घटनाको अनुसन्धान र आरोपितहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।