☰ open Loading... 20 September 2024|  

मुगु घटना अपडेट : कुकुरसहितको प्रहरी टोली घटनास्थल पुग्यो
पश्चिम नेपाल   | ११ कार्तिक २०८०, शनिबार १९:०१

 

मुगु । मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका–६ को मुन्दु गाउँमा एकै परिवारको सामूहिक हत्याको प्रहरी तालिम केन्द्र नेपालगञ्जबाट कुकुरसहितको आएको टोलीले अनुसन्धान सुरु गरेको छ । घटनामा आमा, दुई छोरा र एक छोरीसहित चार जनाको हत्या भएको थियो ।

शुक्रवार मुगु प्रहरीले घटनाको दिनभरी सुचना लिने काम गरेको थियो भने घटनास्थलाई सिलगरी रातभरी गाउँ नै पहरादिएको थियो । मुगु प्रहरीले माथिल्लो निकायालाई जानकारी गराएपछी विशेष प्रहरी टोली अनुसन्धानको लागी मुगु पुगेको मुगु प्रहरी कार्यलयले जानकारी दिएको छ ।