यामराज बिष्ट | १२ कार्तिक २०८०, आईतवार २०:४५
दैलेख- गायिका हरिमाया कार्कीको झ्याउरे गीत “बस्यो माया” बजारमा आएको छ।गायक कबिराज गिरी र गायिका हरिमाया कार्कीको सुमधुर स्वरमा रहेको झ्याउरे गीत ‘बस्यो माया” आईतबार सार्वजनिक भएको हो ।
उक्त गीतमा भनुभक्त रिजालको उत्कृष्ट शब्द सिर्जना रहेको गीतमा गायिका हरिमाया कार्कीको संगित रहेको छ ।
गायिका कार्कीले बजारमा आएको गीत सबैले रुचाउने उनको भनाइ छ।आफूलाई नेपाली गीत संगीत सानैदेखि रुचि भएकाले गीत संगीत प्रतिकाे मोह कहिले पनि नघटेको उनले पश्चिम नेपाललाई बताइन् ।