☰ open Loading... 7 May 2025|  

नेकपा एसका केन्द्रीय सल्लाहकार दलबहादुर गुरुङ एमालेमा प्रवेश
पश्चिम नेपाल   | १३ कार्तिक २०८०, सोमबार १७:२१

 

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार परिषदका सदस्य दलबहादुर गुरुङ नेकपा एमाले प्रवेश गरेका छन् ।एमाले प्रवेश गरेका गुरुङलाई एमाले गण्डकी विशेष समारोहमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् ।

सोही कार्यक्रममा नेकपा एसका कास्की जिल्ला सचिवालय सदस्य पदम गुरुङ, बाबुराम भण्डारी, युवा संघ कास्कीका अध्यक्ष असिम गुरुङलगायत विभिन्न पार्टीका ८४ जना कार्यकर्ता एमाले प्रवेश गरेका थिए ।

एमाले प्रवेश गरेका गुरुङले देशमा देखिएको संकटलाई पार लगाउन एमालेले मात्र सक्ने भएकाले एमालेमा फर्किएको बताए ।

‘देशमा एकदमै संकट छ । त्यो संकट कुन पार्टीले पार लगाउन सक्छ भन्दा मेरो नजरमा नेकपा एमाले पर्‍यो । त्यसकारण एमालेमा प्रवेश गरे‌’, उनले भने, ‘नेकपा एसमा गएका सबैको मूल घर एमाले हो, सबैजना एमालेमै फर्कनुहुन्छ ।’