☰ open Loading... 18 October 2024|  

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
पश्चिम नेपाल   | १३ कार्तिक २०८०, सोमबार १७:२६

कालिकोट — पलाता-२ राडुनेटामा सोमबार बिहान ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु  भएको छ भने एक घाइते भएका छन् ।

पलाताको राडुनेटाबाट थिर्पूतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ प ०१६५ नम्रबको ट्याक्टर धौलागोह राडुनेटा मोडमा दुर्घटना भएको हो । दुर्घटनामा परी पलाता-१ खाडाका ६५ वर्षीय शिवचन्द्र न्यौपानेको मृत्यु भएको हो । खाडा गाउँकै ट्याक्टरका सहचालक ३५ वर्षीय नन्दऋषि न्यौपाने घाइते भएका छन् ।

उनको पलाता पालिका अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी प्रमुख अर्जुन केसीले बताए ।ट्याक्टर मोडमा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । ट्याक्टर चालक असिम न्यौपाने फरार छन् ।