☰ open Loading... 18 October 2024|  

६९ करोडभन्दा बढीको माछामासु बिक्री
पश्चिम नेपाल   | १४ कार्तिक २०८०, मंगलवार ०६:५६

रुकुम पश्चिम। रुकुम पश्चिममा एक वर्षको सयममा जिल्लाभरबाट ६९ करोडभन्दा धेरैको माछामासु बिक्री भएको छ । गत आव २०७९र८० मा जिल्ल्लाका विभिन्न ठाउँबाट उत्पादन भएको माछा मासु जिल्लाभित्र र बाहिर गरेर ६९ करोड १९ लाख आठ हजारको माछामासु बिक्री भएको पशु अस्पताल तथा पशु सेवा कार्यालय निमित्त प्रमुख ज्ञानुुकुमार शर्माले जानकारी दिए ।

उनका अनुसार मासु ६७ करोड १४ लाख र माछा दुई करोड पाँच लाख रुपियाँको बिक्री भएको छ । माछा मासु उत्पादन र प्रयोगका हिसाबले जिल्ला आत्मनिर्भर बन्दै गएको निमित्त प्रमुख शर्मालेबताए । “तीन नगरपालिका तीन गाउँपालिका रहेको रुकुम पश्चिममा माछामासुमा पछिल्लो समय आत्मनिर्भर बनेको छ ।