☰ open Loading... 19 October 2024|  

श्रीमती हत्याको आरोपमा पक्राउ
पश्चिम नेपाल   | १५ कार्तिक २०८०, बुधबार २१:०६

कपिलवस्तुमा श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा मायादेवी गाउँपालिका वडा नम्बर ८ बरकुलका २६ वर्षीय विनयकुमार चमार रहेका छन् ।

प्रहरीका अनुसार उनले घरायसी विवादका क्रममा २६ वर्षीय सन्ध्या चमारको हत्या गरेका थिए।उनले गत कात्तिक ८ गते श्रीमतीले गलामा लगाएको मालाले घाँटी थिचेर सन्ध्याको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक गङ्गा बहादुर थापाले बताए।कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।