नेकपा (एमाले) का सांसद विष्णुप्रसाद पौडेलले सरकारको काम, कारबाहीका कारण संसदको भुमिका प्रभावकारी हुन नसकेको बताएका छन्।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पौडेलले सरकारले संसदको भुमिकालाई प्रभावकारी बनाउन नदिएको बताएका हुन्।
उनले चालु अधिवेशनमा संसद प्रभावकारी हुन नसक्नुमा सरकारको दृष्टिकोण र गतिविधिहरु जिम्मेवार रहेका बताए। सरकारमा संसद प्रभावकारी हुने हो कि भन्ने भय देखिएको पनि उनको भनाइ थियो।
सांसद पौडेलले संसारभर संसद प्रतिपक्षको हो भन्ने मान्यता रहेको भन्दै प्रतिपक्षको आवाज सरकारले सुन्नुपर्ने बताए। उनले सरकारले प्रतिपक्षको आवाज नसुनेका कारण प्रतिपक्षले वेल घेर्नुपर्ने अवस्थासम्म आउन पुगेको जिकिर गरे।
सांसद पौडेलले संसदमा सांसदहरुले उठाएका जनसरोकारका विषय सम्बोधन गर्न सरकारले कुनै कदम नचालेको ओरोप लगाए। उनले सरकारले सांसदहरुको आवाजको जवाफ दिन आवश्यकता समेत महशुस नगरेको उल्लेख गरे। उनले सरकारले सांसदहरुको अपमान गरेको बताए।
पश्चिम नेपाल | १७ कार्तिक २०८०, शुक्रबार ०८:१०