सुर्खेतमा व्यवसायिक रुपमा फुल (पुष्प) खेती गर्दे आएका किसानहरु संगठित भएका छन् । शुक्रवार वीरेन्द्रनगरमा सम्पन्न व्यवसायीहरुको भेलाले हिरा बहादुर घर्तीको अध्यक्षतामा नेपाल पुष्प व्यवसायी संघ सुर्खेत गठन गरेको छ ।
घर्ती
नेपालीरैबार । २०८० कार्तिक १७, शुक्रबार
90
Shares
facebook sharing buttontwitter sharing buttonpinterest sharing buttonemail sharing buttonsharethis sharing button
सुर्खेत । सुर्खेतमा व्यवसायिक रुपमा फुल (पुष्प) खेती गर्दे आएका किसानहरु संगठित भएका छन् । शुक्रवार वीरेन्द्रनगरमा सम्पन्न व्यवसायीहरुको भेलाले हिरा बहादुर घर्तीको अध्यक्षतामा नेपाल पुष्प व्यवसायी संघ सुर्खेत गठन गरेको छ ।
जसको उपाध्यक्ष उविसरा थापा, सचिव विनोद शर्मा सहसचिव अशोक चौधरी र कोषाध्यक्ष रुवि आचार्य रहेका छन् । यस्तै सदस्यहरुमा रामप्रसाद भण्डारी , मान वहादुर राना, प्रशुराम धमला, रिता भारती,कृष्ण शर्मा,समिर खत्री, हिमानी कोइराला र रमेश विसी, रहेका छन् ।
व्यवसायिक रुपमा उत्पादन सुरु भएपनि व्यवसायिक समस्या छलफल गर्ने ठाउ तथा समस्या पैरवी गर्ने सस्था नभएकाले आफुहरु संगठित भएको उनीहरुको भनाई छ । एउटै वस्तु उत्पादन गर्दे आएका व्यवसायीहरुको वजारी करणका लागी तथा हक अधिकार संरक्षण गर्नका लागी आफुहरु संगठित भएको अध्यक्ष हिरा वहादुर घर्तीले वताए ।
सुर्खेतमा नै उत्पादन भएको फुलको प्रयोग गर्न तथा प्लास्टीक जन्य माला आयातमा रोक लगाउन सघले माग गरेको उनको भनाई छ ।
कार्यक्रमा व्यवसायीक रुपमा फुल खेती गर्दे आएका ३० जना किसानको सहभागिता रहेको थियो ।