☰ open Loading... 21 May 2024|  

नलगाढ नगरपालिकाकी उपप्रमुख सिंहको भूकम्पमा परेर मृत्यु
पश्चिम नेपाल   | १८ कार्तिक २०८०, शनिबार ०३:११

सुर्खेत । जाजरकोटमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको निधन भएको छ । सदरमुकाम खलंगामा सिंह बसेको घर भत्किँदा उनको निधन भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सन्तोष रोकाले बताए ।

‘उद्धार गरेर अस्पताल पठाउँदै गर्दा बाटोमा नै उहाँको मृत्यु भएको हो,’ रोकाले भने । सिंह गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट उपप्रमुख पदमा निर्वाचित भएकी थिइन् ।