पश्चिम नेपाल | १८ कार्तिक २०८०, शनिबार १०:३३
कर्णाली प्रदेश सरकारको आज बिहान आकस्मिक बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र बनाउने निर्णय गरेको छ ।घाइतेको उद्धार र प्रभावितलाई राहतका लागि सबै निकायसँग सहकार्य गर्दै सहयोगका लागि आह्वान गर्ने बैठकले निर्णय गरेको हो ।
प्रदेशमा उपलब्ध स्रोत साधन र संयन्त्र प्रभावितको उद्धारका लागि परिचालन गर्ने निर्णय समेत बैठकले गरेको छ ।उनका अनुसार प्रदेश सरकारले नेपाली सेनासँग समन्वय गरी सुर्खेत एयरवेजमा रहेको हेलिकप्टरमार्फत चिकित्सक पठाउने र बिरामी ल्याउने काम पनि गरिरहेको छ ।
काठमाडौँबाट रुकुम पश्चिमका घाइते र प्रभावितको उद्धारका लागि नेपाल एअरलायन्सको जहाज र स्क्याइ ट्रक थप स्वास्थ्यकर्मी सहित सल्ले विमानस्थल मुसिकोट पठाइएको छ ।