☰ open Loading... 20 September 2024|  

जाजरकोटमा बन्न थाल्यो अस्थाइ आवास
पश्चिम नेपाल   | १९ कार्तिक २०८०, आईतवार १२:५३

भुकप्पले थला परेको जाजरकोटमा धमाधम अस्थाइ आवास बन्न थालेका छन् । सुरक्षाकर्मीको सहयोगमा जाजरकोट खंलगामा अस्थाइ आवास बनाउन थालिएको हो ।

विभिन्न निकायको सहयोगमा आएको टेन्टहरु सुरक्षाकर्मीहरुले अस्थाइ आवासका लागि निर्माण गर्न लागेका हुन् । अहिले जाजरकोट खंलगा थाप्लेस्थित त्रिभुवन माध्यमिक विद्यालयमा १० वटा अस्थाइ आवास बनाएको छ ।

१ वटा आवासमा १६ जना सुत्न मिल्नेछ । सुरक्षाकर्मीले रुकुम पश्चिम र जाजरकोटका विभिन्न पालिकाहरुमा सुत्नको लागि अस्थाइ आवासहरु निर्माण गर्ने कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख (डिआइजी) भिम प्रसाद ढकालले बताए । डिआइजी ढकाल भुकप्प प्रभावित बस्तीहरुमा पुगेका छन् । भुकप्पका कारण यस क्षेत्रका अधिकाँध घरहरु पूर्ण रुपमा भत्किएका छन् ।

जाजरकोट र रुकुम पश्चिममा कति घरहरु भत्केको भन्ने पूर्ण विवरण एकिन हुन बाँकी छ ।