☰ open Loading... 15 September 2025|  

भूकम्पबाट घाइतेको उपचार गर्न भेरी अस्पताल पुगे डा.गोविन्द केसी
पश्चिम नेपाल   | १९ कार्तिक २०८०, आईतवार १५:३२

डा.गोविन्द केसी नेपालगंजस्थित भेरी अस्पताल पुगेका छन्। भूकम्पबाट घाइेहरुको उपचारका लागि डा. केसी आइतबार भेरी अस्पताल पुगेका हुन्।

अस्पताल पुगेका केसीले त्यहाा उपचार गराइरहेका बिरामीहरुको रिपोर्ट हेरेर उपचारमा संलग्न भएका छन्।

जाजरकोटको लामिडाँडा केन्द्रबिन्दु भएर शुक्रवार राती ६।४ रेक्टर स्केलको भूकम्प गएको थियो।

भूकम्पमा परेर अहिलेसम्म १५७ जनाको मृत्यु भएको छ भने २ सय भन्दा जना घाइते भएका छन्। प्रहरीका अनुसार जाजरकोटमा १०५ जना र पश्चिम रुकुममा ५२ जनाएको मृत्यु भएको छ। प्रभावित क्षेत्रमा उद्धार र राहत वितरण कार्य आइतबारसम्म पनि जारी छ।