☰ open Loading... 9 July 2025|  

राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षेत्रतर्फ आउँदै
पश्चिम नेपाल   | २१ कार्तिक २०८०, मंगलवार ०८:३५

राष्ट्रपति रामचन्द्र पौडेल आज भूकम्प प्रभावित क्षेत्रतर्फ अवलोकनका लागि जाँदैछन्। युरोप भ्रमण स्थगित गरेर राष्ट्रपति पौडेल आज भूकम्प प्रभावित क्षेत्र जान लागेका हुन्।

उनको जाजरकोट र रूकुम पश्चिम जाने कार्यक्रम तय भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए।

राष्ट्रपति पौडेल भूकम्पपछिको अवस्था बुझ्न नेपाली सेनाको हेलिकप्टरमा बिहान १०ः १५ बजे काठमाडौबाट भूकम्प प्रभावित क्षेत्रका लागि प्रस्थान गर्ने पनि पोखरेलले बताए।

विपद्को बेला राष्ट्रपति पौडेलको युरोप भ्रमण स्थगित गर्नुपर्ने विषयले चर्चा पाएपछि भोलिदेखि हुने आफ्नो भ्रमण राष्ट्रपति पौडेलले स्थगित गरेका छन्।