☰ open Loading... 23 November 2024|  

जाजरकोटमा भुकप्पबाट ६७ हजार बढी जनसंख्या विस्थापित
पश्चिम नेपाल   | २२ कार्तिक २०८०, बुधबार ११:३५

जिल्ला प्रशासन कार्यालय जाजरकोटको तथ्यांकअनुसार ७ स्थानीय तहका ९ हजार १ सय ८६ घरधुरीका ६७ हजार १ सय ७४ जनसंख्या विस्थापित बनेका छन् ।

प्रशासनका अनुसार ९ हजार ९७४ घर पूर्णरुपमा भत्किएका हुन् भने २४ हजार ७०७ घरमा आंशिक क्षति पुगेको हो । यस्तै कुल ३४ हजार ५०१ घरधुरीका १ लाख ७९ हजार ८९३ जनसंख्या भूकम्पबाट प्रभावित भएको प्रशासनले जनाएको छ ।

भूकम्पबाट ९९ जना घाइते हुँदा १०१ जनाको मृत्यु भएको छ । भौतिक क्षतिको प्रारम्भिक द्रुत सर्वेक्षण प्रतिवेदनका आधारमा यो तथ्यांक सार्वजनिक गरिएको प्रशासनको भनाइ छ ।

जाजरकोटमा ९ हजार भन्दा बढी घर भूकम्पका कारण पूर्णरुपमा भत्किएका छन् । यस्तै २४ हजारभन्दा बढी घरमा आंशिक क्षति पुगेको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ।