☰ open Loading... 23 February 2025|  

जाजरकोट भूकम्पः उपचाररत थप एकजनाको मृत्यु
पश्चिम नेपाल   | २४ कार्तिक २०८०, शुक्रबार १२:०७

जाजरकोट भूकम्पमा परी घाइते भएकामध्ये थप एकजनाको मृत्यु भएको छ। कर्णाली प्रदेश अस्पतालमा उपचाररत रूकुम पश्चिमको चौरजहारी नगरपालिका १ का २५ वर्षीय निरज विष्टको मृत्यु भएको हो।

उनको उपचारको क्रममा आज बिहान ८ बजे मृत्यु भएको हो। उनको आइसीयूमा उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ। उनलाई शनिबार नेपाली सेनाकाे हेलिकप्टरमार्फत उपचारका लागि सुर्खेत ल्याइएको थियाे।

योसँगै रुकुम पश्चिममा भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुगेको छ भने जाजरकोटमा भूकम्पका कारण १०१ जनाको मृत्यु भएको छ।