☰ open Loading... 20 July 2024|  

खेलाडी बोकेको गाडी दुर्घटना, तीन जना घाइते
पश्चिम नेपाल   | २४ कार्तिक २०८०, शुक्रबार १५:११

कालिकोटको शुभकालिका गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा तिन जना घाइते भएका छन्।

जिल्लाको १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताबाट खेलाडीहरुलाई लिएर शुभकालिका जाँदै गरेको वा १४ च ८८९९ नम्बरको बोलेरो शुभकालिका गाउँपालिकाको वडा नं ४ सिम तली खाडा भन्ने ठाउँमा आज बिहान करिब ११: ३० मा दुर्घटना परेको हो।

उक्त बोलेरोमा कति जना सवार थिए भन्ने यकिन भएको छैन दुर्घटनामा ३ जना घाइते भएका छन्। घाइते हुनेहरूमा गाउँपालिको वडा नं ६ का वर्ष १७ का वसन्त शाही, वर्ष १६ का सुमन शाही, र वर्ष १८ का प्रकाश शाही रहेका छन्। घाइतेहरू मध्य वसन्त शाहीको अवस्था अलि गम्भीर रहेको र अरूको अवस्था सामान्य रहेको छ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी इन्स्पेक्टर पोषण थापाले अनुसार घाइते हरुको जिल्ला अस्पताल कालिकोटमा उपचार भई रहेको छ। गाडी चालक तिलागुफा नगरपालिका वडा नं १ भिग्म निवासी पदम वुढा अहिलेसम्म फरार रहेको प्रहरीको भनाइ छ।